आफूसहितका १४ संसदमाथिको कारवाहीको विषयलाई लिएर एमालेले नाराबाजी गरिरहँदा नेकपा (एकीकृत समाजवादी)मा अध्यक्ष माधव नेपाल भने सत्तापक्षको अघिल्लो रोबाट चुपचाप हेरिरहेका थिए ।
पार्टी विभाजनअघि एमालेले माधव नेपालसहित १४ सांसदलाई अनुशासनको कारवाही गरी पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो । सभामुखले सो पत्रको सूचना प्रकाशित नगरिदिँदा उनीहरूको पद जोगिएको थियो ।
पार्टी विभाजनपछिको पहिलो बैठकमा माधव नेपालसहित नेकपा (एस)का सांसदहरू जसपा सांसदहरूसँग एउटै लहरमा बसेका थिए ।
सो...