सार्वजनिक जग्गामा बनेका घर–टहरा काठमाडौं महानगरले भत्कायो

सार्वजनिक जग्गामा बनेका घर–टहरा काठमाडौँ महानगरपालिले भत्काएको छ । बुधबार काठमाडौं महानगर– १६ स्थित म्हैपी मन्दिरको सार्वजनिक जग्गामा बनेको घर–टहरा महानगरपालिकाले भत्काएको हो । म्हैपी मन्दिरको पश्चिमतर्फ विष्णुमती पुलहुँदै नयाँ बसपार्क पुग्ने बाटोमा रहेको आठ आना जग्गामा अनधिकृत रुपमा बनाइएको घर–टहरा महानगरले भत्काएको हो ।

सम्बन्धित सामग्री

भृकुटीमण्डपका अनधिकृत टहरा महानगरले भत्कायो

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा अनधिकृत रूपमा बनाइएका ४ वटा टहरामा डोजर चलाएको छ । महानगरले अनुमतिविना बनाइएका टहरमाथि डोजर चलाइएको महानगरका नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले जानकारी दिए । ‘भृकुटी मण्डपमा शौचालयका लागि मात्रै अनुमति भएको ठाउँमा अन्य टहराहरु निर्माण गरेर व्यापार गरेपछि डोजर चलाएर भत्काएका हौं,’ वाग्लेले भने । यसअघि पटक–पटक […]

पोखरा महानगरले भत्कायो निर्माणाधीन प्लटिङ

पोखराको फेवातालको सिमसार क्षेत्रमा निर्माण हुँदै गरेका प्लटिङ पोखरा महानगरले भत्काउन सुरु गरेको छ । पोखराको सिमसार क्षेत्रमा अनधिकृत रुपमा निर्माण भएका भौतिक संरचना भत्काउन सुरु गरिएको पोखराका मेयर धनराज आचार्यले बताए । केही महिनादेखि सिमसार क्षेत्रमा स्थायी रुपमा निर्माण गर्ने गरी भौतिक संरचना निर्माण प्रकृया अघि बढाएकाले त्यसलाई नियन्त्रण गर्न मंगलबारदेखि प्लटिङहरु भत्काइएको मेयर […]

फुटपाथ अवरोध गर्ने संरचना महानगरले भत्कायो

काठमाडौं महानगरले अनामनगरस्थित हनुमानथान क्षेत्रको फुटपाथमा अवरोध गरिरहेका संरचना भत्काएको छ । डोजरसहित पुगेको महानगर प्रहरी टोलीले उक्त भवन सोमबार भत्काएको हो । सडक अवरोध गरेको र जोखिमपूर्ण अवस्थामा रहेको उक्त भवन भत्काइएको...

पुरानो बसपार्कमा रहेको प्रहरी बिट काठमाडौँ महानगरले भत्कायो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरीको बिट भत्काएको छ । आज महानगरपालिकाले काठमाडौँ भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

महानगरले भत्कायो अक्सिडेन्टल स्कुलको पर्खाल (तस्वीर)

काठमाडौं :  काठमाडौ महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। शुक्रबार  अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाल भत्काएको हो। धोबी खोला करिडोरमा बाटो मिचेर लगाइएको पर्खाल भत्काइएको महानगरले जनाएको छ। महानगरले पटक पटक सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको थियो।महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।   सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा

काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो। सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र […]

महानगरले भत्कायो रत्नपार्कस्थित सव-वेका सटर

काठमाडौं । अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले आइतबार पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । महानगरले रत्नपार्कस्थित सव–वे भत्काएको छ । महानगरले अवैध संरचना भत्काउने क्रम नरोकिने जनाएको छ । नगर प्रहरी टोलीले यहाँका तीन वटा सटर भत्काएको हो । अनाधिकृत बनाइएका अन्य सटर भने सम्बन्धित ब्यबसायीहरुले आफंै भत्काउने भनेपछि छोडिएको नगर प्रहरीले […]

महानगरले भत्कायो वनस्थली क्षेत्रका अनाधिकृत घर-टहरा

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजपनि अनधिकृत घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ। महानगरले आज बालाजु वनस्थली क्षेत्रका अवैध र अनधिकृत रुपमा प्रयोग भएका घर टहरा भत्काएको छ।महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा भएका घर टहरा भत्काइएको हो।महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोलीले वनस्थली चोकमा रहेका टहरा भत्काएको हो। डोजर चलाउने क्रममा केही स्थानीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ।

महानगरले भत्कायो अल्फाबिटाको अनधिकृत संरचना (भिडियोसहित)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको बेसमेन्ट भत्काउन सुरु गरेको छ । अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले डोजर लगाएर भत्काएको हो । बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुगेका थिए। निरीक्षण गर्ने क्रममा बालेन्द्र शाह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन […]

महानगरले भत्कायो अवैध संरचना (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टोलीले काठमाडौँ मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ। त्यस्तै रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।