महानगरले भत्कायो अक्सिडेन्टल स्कुलको पर्खाल (तस्वीर)

काठमाडौं :  काठमाडौ महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। शुक्रबार  अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाल भत्काएको हो। धोबी खोला करिडोरमा बाटो मिचेर लगाइएको पर्खाल भत्काइएको महानगरले जनाएको छ। महानगरले पटक पटक सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको थियो।महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।   सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा

सम्बन्धित सामग्री

ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना

ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ । मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

फिर्केखोला मिचेर बनेको सगरमाथा स्कुलको पर्खाल पोखरा महानगरले भत्कायो

१ असार, पोखरा। पोखरा महानगरले फिर्के खोला अतिक्रमण गरी सगरमाथा स्कुलले बनाएको संरचनामाथि डोजर चलाएको छ। सगरमाथाले अटेरी गरी फिर्के खोला अतिक्रमण गरी पर्खाल लगाएको महानगरले जनाएको छ। पोखरा महानगर नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले फिर्केको …

काठमाडौँ महानगरले डेढ महिनामा भत्कायो १३५ संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेढ महिनामा १३५ संरचना भत्काएको छ। भदौ ६ गतेदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। ‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनै रूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने। सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक […]