नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले देशमा भ्रष्टाचार गरी जनतालाई आर्थिक विकास र समृद्धिको नारा मात्र बाँडेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेश्रो राष्ट्रिय सम्मेलनको बिहीबार पोखरामा उद्घाटन गर्दै देउवाले अहिलेको सरकारले जनतालाई एउटा नारा दिँदै हरेक क्षेत्रमा भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।