सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को मंगलबार बिहानदेखि बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा आगामी पुषमा हुन गइरहेको पार्टीको राष्ट्रिय सम्मेलन सम्बन्धमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले बताउनुभयो ।