धनुषाका धनौजी र नगराइनमा मतगणना स्थगित गरिएको छ । धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा खसेको मतभन्दा बढी मतपत्र पाइएपछि दुवै पालिकामा मतगणना स्थगित गरिएका हुन् । धनौजी गाउँपालिका वैशाख ३० गते मतदानको दिन मत खसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद उत्पन्न भएको छ।