काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरूलाई सम्मान गरेकी छन्।बिहीवार राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन्।नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन्।संघले गत वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो। वुमन इन मेडिसिन अवार्ड पाउनेहरूमा आस्मा राणा, व