स्काभेटरसहित पहिरोमा फसेका चालकको १२ घण्टापछि उद्धार
इलाम : देउमाइ नगरपालिका–१ मैदानेमा स्काभेटरसहित पहिरोमा फसेका स्काभेटर चालकको १२ घण्टापछि उद्धार गरिएको छ । बा २ क ८६७७ नम्बरको स्काभेटरले ढुंगा निकाल्ने क्रममा माथिबाट झेरेको पह
गोरखा- पहिरोमा फसेका दुई जना इजरायली नागरिकसहित आठ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा बिहीबार आएको पहिरोमा दुई जना इजरायली नागरिक र छ जना नेपाली नागरिक फसेका थिए । उनीहरुलाई आज नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ ल्याएको हो । उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य भएको नेपाली सेनाले जनाएको […]
काठमाडौँ – केही दिनदेखि परेको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकको नेपाली सेनाले उद्धार गरेको छ। उक्त पहिरोमा फसेका ओरी ओरअफ र यरीभ बोर्ट तथा ६ जना नेपाली नागरिक तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र […]
धनगढी – दार्चुलामा बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ। बाढी–पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। अझै केही बेपत्ता रहेका छन्। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि […]
धनगढी : दार्चुलामा गए रातिदेखिको वर्षाले ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परी ३० वर्षीया किम्ती ठगुन्ना र पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको मृत्यु भएको हो। बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले जानकारी दिए।शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको उद्धार गरिएको छ। यस्तै नौगाड गाउँपालिका २ दल्लेखका
चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए । वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसे
एजेन्सी। भारतको महाराष्ट्रको रायगढ जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ। पहिरोमा अझै केही व्यक्ति पुरिरहेको जनाइएको छ। रायगढ जिल्लाका प्रमुख अधिकारी निधि चौधरीले भने, 'पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ। घटनामा अझै ३० जना फसेका छन्।' हाल हेलिकप्टर समेतको प्रयोग गरी उद्धार कार्य जारी रहेको उनले बताए।
तनहुँमा पहिरोमा फसेका दुई जनाको उद्धार गरिएको छ । भानु नगरपालिका–२, बांगेरह भन्ने स्थानमा अविरल वर्षापछिको पहिरोले चुँदी खोला थुनिएर स्थानीयवासी फसेका थिए । नेपाली सेनाले पहिरोमा फसेका दुई स्थानीयवासीसहित घरपालुवा पशुपक्षीको पनि सकुशल उद्धार गरेको छ । तनहुँस्थित नेपाली सेनाको नम्बर ३ जगदल गणबाट ...
हिमालपारी मनाङमा बाढी र पहिरोका कारण तिनदिन अघिदेखि फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका हुन् । मौसममा आएको खराबीका कारण विगत तिन दिनदेखि मनाङ बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न […]