भारतको महाराष्ट्रमा भारी वर्षापछि आएको पहिरोमा परी ३६ जनाको मृत्यु

एजेन्सी। भारतको महाराष्ट्रको रायगढ जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ। पहिरोमा अझै केही व्यक्ति पुरिरहेको जनाइएको छ। रायगढ जिल्लाका प्रमुख अधिकारी निधि चौधरीले भने, 'पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ। घटनामा अझै ३० जना फसेका छन्।' हाल हेलिकप्टर समेतको प्रयोग गरी उद्धार कार्य जारी रहेको उनले बताए।