गैंडा मारेको घटना छानबिन समितिले उठायो निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न

घटनास्थल नजिकै आगो बाल्ने अगेनो, कपडाका टुक्रा, पानीका बोतलसमेत भेटिएकाले तस्करहरु सेल्टर बनाएर बसेको देखिएको छ । जंगलभित्र नै गैंडाको खाग काटेर, आगो बालेर खाग उमालेर सफा गरेको पनि पाइएको छ । तर निकुञ्ज प्रशासनले त्यसको सुइँकोसम्म पाएन ।

सम्बन्धित सामग्री

गैंडा मरेपछि बन्छ समिति, तर सुधार न संरक्षण

कात्तिक मसान्तमा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा तस्करहरूले खाल्डो खनेर दुई गैंडालाई पासोमा पारेर मारे । तस्करले गैंडाको खाग लगेको उक्त घटनामा सरकारले यसअघिझैं मंसिर १ मा छानबिन समिति गठन गरेको छ ।

चितवनमा गैंडा मर्ने क्रम बढ्यो, छानबिन समिति गठन

५ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङे गैंडाको मृत्युदर बढ्दै गएको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा ३७ वटा गैंडा मरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ३२ गैंडा मरेको तथ्यांकमा उल्लेख छ । प्राकृतिक मत्युदर सँगसँगै केही वर्षअघि रोकिएको गैंडाको […]

सरकारले ल्यायो वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

काठमाडौँ । गत माघ ९ गते चितवनको भरतपुरमा निमार्णाधिन सडकको नालीमा परेर दुलर्भ एकसिङ्गे गैंडा मर्‍यो । सडक विस्तारको क्रममा पुर्‍याउनुपर्ने आवश्यक मापदण्ड एवम् प्रक्रियामा लापरवाही गरिँदा नेपालको शानका रूपमा रहेका गैंडाले अकालमा ज्यान गुमाउनु पर्‍यो । गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्कन नसक्दा अकालमा ज्यान गुमाउनु परेको थियो । पशु अधिकारकर्मीले लापरवाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण पटकपटक यस्ता घटना दोहोरिएको भन्दै आपत्ति जनाएका थिए । वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रमा हुने कुनै पनि भौतिक निर्माण वन्यजन्तुमैत्री हुनुपर्ने माग उठ्दै आएको छ । गैंडाको मृत्युपछि दोषीलाई कारवाही हुनुपर्ने माग उठेको थियो । सरकारले गैंडा मृत्युका सम्बन्धमा छानबिन समिति पनि बनायो । निर्माणाधिन गोन्द्राङ–पुलचोक सडकखण्डमा भएको उक्त दुर्घटनाका सम्बन्धमा छानबिनका लागि वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले माघ २३ गते प्रतिवेदन बुझाइसकेको छ । अकालमा गैंडा मरेपछि चौतर्फीरूपमा सरकारलाई दबाव पर्‍यो । सोही दबावका कारण अब निर्माण हुने कुनै पनि भौतिक संरचना थप वन्यजन्तुमैत्री हुनुपर्ने निष्कर्षका साथ एक निर्देशिका जारी भएको छ । वन तथा वातारण मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको हो । सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिकामा पूर्वाधार निर्माण गर्दा आइपर्ने जोखिमको न्युनीकरण एवम् वन्यजन्तुमैत्री हुनुपर्ने उल्लेख गरेको छ । रासस

चितवनमा सडकको खाल्डोमा फसेर गैंडा मरेको विषयमा छानबिन समिति गठन

११ माघ, काठमाडौं । सडक विस्तारका क्रममा खनिएको खाल्डोमा फसेर चितवनमा गैंडा मरेको विषयमा छानबिन गर्न वन तथा वातावरण मन्त्रालयले समिति गठन गरेको छ । वन तथा भूसंरक्षणमन्त्री रामसहाय प्रसाद यादवले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसी संयोजक रहेको समिति गठन गरेका हुन् । माघ ९ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित […]

खाडलमा परेर गैंडा मरेपछि सरकारले बनायो छानबिन समिति

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविन गर्न कार्यदल गठन गरेको छ । मंगलबार मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन गरिएको हो ।वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ । कार्यदललाई १० दिनको समयावधि दिएर घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको हो ।कार्यद