चितवनमा सडकको खाल्डोमा फसेर गैंडा मरेको विषयमा छानबिन समिति गठन

११ माघ, काठमाडौं । सडक विस्तारका क्रममा खनिएको खाल्डोमा फसेर चितवनमा गैंडा मरेको विषयमा छानबिन गर्न वन तथा वातावरण मन्त्रालयले समिति गठन गरेको छ । वन तथा भूसंरक्षणमन्त्री रामसहाय प्रसाद यादवले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसी संयोजक रहेको समिति गठन गरेका हुन् । माघ ९ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित […]

सम्बन्धित सामग्री

गैंडा मरेपछि बन्छ समिति, तर सुधार न संरक्षण

कात्तिक मसान्तमा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा तस्करहरूले खाल्डो खनेर दुई गैंडालाई पासोमा पारेर मारे । तस्करले गैंडाको खाग लगेको उक्त घटनामा सरकारले यसअघिझैं मंसिर १ मा छानबिन समिति गठन गरेको छ ।

चितवनमा गैंडा मर्ने क्रम बढ्यो, छानबिन समिति गठन

५ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङे गैंडाको मृत्युदर बढ्दै गएको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा ३७ वटा गैंडा मरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ३२ गैंडा मरेको तथ्यांकमा उल्लेख छ । प्राकृतिक मत्युदर सँगसँगै केही वर्षअघि रोकिएको गैंडाको […]

सरकारले ल्यायो वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

काठमाडौँ । गत माघ ९ गते चितवनको भरतपुरमा निमार्णाधिन सडकको नालीमा परेर दुलर्भ एकसिङ्गे गैंडा मर्‍यो । सडक विस्तारको क्रममा पुर्‍याउनुपर्ने आवश्यक मापदण्ड एवम् प्रक्रियामा लापरवाही गरिँदा नेपालको शानका रूपमा रहेका गैंडाले अकालमा ज्यान गुमाउनु पर्‍यो । गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्कन नसक्दा अकालमा ज्यान गुमाउनु परेको थियो । पशु अधिकारकर्मीले लापरवाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण पटकपटक यस्ता घटना दोहोरिएको भन्दै आपत्ति जनाएका थिए । वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रमा हुने कुनै पनि भौतिक निर्माण वन्यजन्तुमैत्री हुनुपर्ने माग उठ्दै आएको छ । गैंडाको मृत्युपछि दोषीलाई कारवाही हुनुपर्ने माग उठेको थियो । सरकारले गैंडा मृत्युका सम्बन्धमा छानबिन समिति पनि बनायो । निर्माणाधिन गोन्द्राङ–पुलचोक सडकखण्डमा भएको उक्त दुर्घटनाका सम्बन्धमा छानबिनका लागि वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले माघ २३ गते प्रतिवेदन बुझाइसकेको छ । अकालमा गैंडा मरेपछि चौतर्फीरूपमा सरकारलाई दबाव पर्‍यो । सोही दबावका कारण अब निर्माण हुने कुनै पनि भौतिक संरचना थप वन्यजन्तुमैत्री हुनुपर्ने निष्कर्षका साथ एक निर्देशिका जारी भएको छ । वन तथा वातारण मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको हो । सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिकामा पूर्वाधार निर्माण गर्दा आइपर्ने जोखिमको न्युनीकरण एवम् वन्यजन्तुमैत्री हुनुपर्ने उल्लेख गरेको छ । रासस