अदालतको अवहेलना मुद्दामा पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्ध कारण देखाऊ आदेश जारी भएको छ ।
सर्वोच्च अदालतमा २५ माघमा आलेविरुद्ध पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले दायर गरेको अदालतको अवहेलना मुद्दामा मन्त्री आलेसहित ९ जना बोर्ड कार्यसमितिलाई सात दिनभित्र कारबाही गर्नु नपर्ने लिखित कारण पेश गर्न आदेश दिइएको हो ।
मंगलवारको अदालतको आदेशले मन्त्रीसहितका बोर्ड सञ्चालक समितिलाई अवहेलनाको मुद्दामा कारबाही गर्न दायर गरिएको रिटमा आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको सी...