काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायुले सोमबार प्रचण्डविरुद्ध रिट दर्ता गर्नुभएको हो ।
सर्वोच्च अदालतले मुद्दा दर्ता गर्दै मंगलबारलाई पेसी तोकेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीश तथा पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा परेको छ ।