भक्तपुर : मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मध्यपुर नगर समितिको बिहीबार आयोजना भएको दोस्रो अधिवेशनमा उनले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्ने बताएका हुन्।१८ वर्षमाथि उमेरकाले कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन