वृन्दावन नगरपालिकाकी उपप्रमुख संगीताकुमारी राम नियमित कार्यालय जान छाडेको झन्डै एक वर्ष पुग्न लागेको छ । नगरप्रमुख विनोदप्रसाद कुर्मीका कारण कार्यालयमा बसेर काम गर्ने वातावरण नभएको उनको आरोप छ । उनीहरूबीच एक वर्षदेखि बोलचाल पनि छैन ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विहीन बनेपछि सेवा प्रभावित बनेको छ । लम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अस्पतालमा ११ औं तहका चिकित्सक कार्यरत रहेकै अवस्थामा कनिष्ठलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएपछि विवाद चुलिएको हो ।
स्थानीय तहमा जनप्रतिनिधिबिच विवाद बढ्दै जाँदा विकास निर्माण र सेवाप्रवाहको काम प्रभावित हुने गरेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यबिच अल्पमत, बहुमत र अधिकारका विषयमा विवाद बढ्दै जाँदा सेवाप्रवाह र विकास निर्माणको काममा अवरोध आएको हो ।
जुम्ला : चन्दननाथ नगरपालिका विवादित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ। नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरा देवी न्यौपाने (महतको) आपसी विवादका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको हो।प्रमुख र उपप्रमुखको विवादले सेवा प्रभावित मात्रै होइन नगरपालिकाको बजेटसमेत पारित हुन सकेको छैन। नगरप्रमुख भन्छन् बजेट पारित भयो, उप्रमुख भन्छन् भएको छैन।चालु आर्थिक वर्षको सुरुवाती देखिनै सबै काम ठप्प छन्। नागरिकता सिफारिसदेखि घरजग्गा राजश्व संकलनका सेवा ठप्प हुदा सेवाग्राही मारमा परेका छन्। राजश्व पर
राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीचको विवादले विरामीहरू मर्कामा परेका छन् । महेन्द्र अस्पतालको स्तरोन्नति गर्दै राप्ती उपक्षेत्रीय अस्पतालका रूपमा विकास गरिएपछि केही समय गुणस्तरीय सेवा सुरु...पूरा पढ्नुहोस् »