विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सीमा बढाएको छ ।

सम्बन्धित सामग्री

घट्यो अन्तर बैंक एटीएम प्रयोगको शुल्क, क्युआर भुक्तानीको सीमा बढ्यो

१७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैक एटीएम सेवामा लाग्ने घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ लाग्ने व्यवस्था गरेको छ । क्युआर स्क्यानसहित मोबाइल बैंकिङका माध्यमबाट हुने डिजिटल कारोबारमा रहेको रकमको दैनिक सीमा पनि बढाइएको छ । हालसम्म एउटा […]

डिजिटल माध्यमबाट राजस्व भुक्तानीको सीमा बढ्यो

नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएका एनएचसिएल बैंक सेन्ट्रल तथा कर्पोरेट पेमार्फत गरिने राजस्व भुक्तानीमा सीमा बढाइएको छ ।राष्ट्र बैंकको स्वीकृतिमा सीमा बढाइएको कम्पनीले बताएको छ । एनएचसिएल बैंक सेन्ट्रलमार्फत अनअस मा दुई अर्बसम्म कारोबार गर्न सकिन्छ । त्यस्तै कर्पोरेट–पेमार्फत पब्लिक नेटवर्कबाट अनअसमा एक करोड रुपैयाँ कारोबार गर्न सकिने बताइएको छ । प्राइभेटट नेटवर्कबाट अनअसमा […]

बढ्यो विद्युतीय भुक्तानीको सीमा

नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैङ्कले पछिल्लो पटक भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका २०७८ जारी गर्दै विद्युतीय भुक्तानीका सीमा केही बढाउनुका साथै शुल्कमा समेत संशोधन गरेको छ । एकीकृत निर्देशिकाअनुसार पिप्रेड कार्डबाट प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजार र प्रतिमहिना दुई लाख रुपियाँसम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै डेबिट कार्डमार्फत प्रतिकारोबार २५ हजार प्रतिदिन एक लाख र प्रतिमहिना चार लाख रुपियाँसम्मको कारोबार गर्न सकिनेछ ।

मोबाइल बैंकिङमा भुक्तानीको सीमा बढ्यो

विद्युतीय माध्यमबाट हुने भुक्तानी सम्बन्धी कारोबारलाई प्रोत्साहन गर्दै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट गर्ने भुक्तानीको सीमा वृद्धि गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ जारी गर्दै वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा प्रति कारोबार ५० हजार र प्रतिमहिना १० लाख कारोबार गर्न सकिने व्यवस्था गरेको हो । यसअघि यस्तो कारोबारमा […]

वालेटबाट गरिने कारोबारको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई 'भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७८' जारी गर्दै सीमा बढाएको हो । जस अनुसार अब बैंक खाताबाट वालेटमा प्रति कारोबार ५० हजार  र प्रति महिना १० लाखसम्म पठाउन सकिने भएको छ । यस अघि यो सीमा प्रति कारोबार २५ हजार र प्रति महिना ५ लाख थियो । त्यस्तै वालेटबाट अन्य बैंक खातामा प्रति कारोबार ५० हजार र प्रति महिना १० लाखसम्म कारोबार गर्न सकिने भएको छ  ।  यस अघि यो सीमा प्रति कारोबार २५ हजार र प्रति महिना ५ लाख थियो । दुवै अवस्थामा प्रति दिनको कारोबार सीमा भने १ लाख नै रहेको छ ।एक वालेटबाट अर्को वालेटमा प्रति कारोबार २५ हजार , प्रति दिन कारोबार १ लाख र प्रति महिना कारोबार ५ लाखसम्म पठाउन सकिने ब्यबस्थामा हेरफेर भएको छैन । तर राष्ट्र बैंकले वालेटमा ५० हजारसम्म रकम ओभरनाइट राख्न सक्ने ब्यबस्था गरेको छ । यस अघि यो सीमा २५ हजार मात्र थियो । सो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ । संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । त्यस्तै स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यु आर कोड उपलब्ध गराउन सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । तर, स्थायी लेखा नम्बर नलिएका दैनिक रु. ५००० (अक्षरेपी पाँच हजार मात्र) सम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति÷खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्टको रुपमा क्यु आर कोड उपलब्ध गराउन सकिने भएको छ ।

विद्युतीय भुक्तानीको सीमा बढ्यो

नेपाल राष्ट्र बैङ्कले मोबाइल तथा इन्टरनेट बैङ्किङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले बुधबार बैङ्कहरूलाई कारोबार सीमा बढाउन निर्देशन दिएको हो । केन्द्रीय बैङ्कको निर्देशनअनुसार अब मोबाइल बैङ्किङमार्फत प्रतिदिन दुई लाख रुपियाँसम्मको कारोबार गर्न सकिनेछ भने इन्टरनेट बैङ्किङ (मर्चेन्ट पेमेन्टमा) र इन्टरनेट बैङ्किङ (एकाउन्ट ट्रान्सफरको सीमा पनि बढाएर २० लाख रुपियाँ रुपियाँ पु¥याएको छ । राष्ट्र बैङ्कले गत भदौ ११ मा जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनलाई संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको हो । बैङ्कका कामु कार्यकारी निर्देशक निश्चल अधिकारीले हस्ताक्षर गर्नुभएको निर्देशनमा कुनै व्यक्तिको नाममा बैङ्क तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न भने कुनै सीमा नहुने स्पष्ट पारिएको छ ।

विद्युतीय भुक्तानीको सीमा दोब्बरले बढ्यो

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले बुधबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको उल्लेख गरेको छ । नयाँ …

विद्युतीय भुक्तानीको सीमा बढ्यो, अब कतिसम्म गर्न पाइन्छ कारोबार ?

काठमाडौं । विद्युतीय भुक्तानीको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा संशोधन गर्दै बढाएको हो  । पछिल्लो समय विद्युतीय कारोबारलाई जोड दिएसँगै यसको सहजताको लागि राष्ट्र बैंकले सीमा बढाएको हो । बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै  राष्ट्र बैंकले मोबाइल ...