मानव अधिकार तथा शान्ति समाजले हिंसा र आपराधिक मार्गलाई बढवा दिने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।
माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै २०६३ सालको जस्तै घटना दोहेरिने चेतावनी दिएकी थिइन् ।
समाजका सभापति गोविन्द खनालले आइतवार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक भन्दै उनलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।
‘मन्त्री या...