नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्