राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन १५, २०७८

The post राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन १५, २०७८ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले फागुन १ देखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन तथा विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ । बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई ईक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

बेष्ट फाइनान्सको अवितरित हकप्रद शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनमा विक्री नभएको शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९ दशमलव ९० कित्ता गरी कूल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयरमा आवेदकले फागुन १५ गते बैकिङ्ग समयसम्म बोलपत्र पेस गर्न सक्नेछन् । शेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी संस्थाहरुले न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्ने कम्पनीको भनाई छ । बोलपत्र पेस गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १९ असार । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । संस्थापक समूहको सेयर भएता पनि दोश्रो […]

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । संस्थापक समूहको सेयर भएता पनि दोश्रो बजारमा सर्वसाधारणसरह […]

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर  एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । संस्थापक समूहको सेयर भएता पनि दोश्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोही आशयका समाचार विवरण सार्वजनिक भएका थिए । संस्थापक समूहको सेयर कसर

एचआईडीसीएलको संस्थापक शेयरको लिलामी विक्री स्थगित

फागुन १३, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) ले लिलामी शेयरको विक्री स्थगित गरेको छ ।  नेपाल धितोपत्र बोर्डको पत्र अनुसार अर्को सूचना जारी नभएसम्मका लागि लिलामी विक्री बन्द गरिएको कम्पनीले जानकारी गराएको छ ।  कम्पनीले फागुन १ गतेदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामी खुला गरेको थियो । यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा विक्री नभएको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

एचआईडिसीएलको ३ करोड ३० लाख कित्ता शेयर आजदेखि लिलाममा

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको छ । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले आजदेखि पुन: लिलाम गर्ने भएको हो । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले आज फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउनेछन्।कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यलयहरुबाट आबेदन फारम प्राप्त गरि उक्त फारम भरेर बुझाउन सक्नेछन। तर फागुन १५ गते कार्यलय समयभित्र आबेदन बुझाईसक्नुपर्नेछ। सेयरको न्युनतम मुल्य प्रति कित्ता एक सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मुल्य अंकित गरि बोलकबोल गर्नुपर्ने हुन्छ। त्यस्तै न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ।  एक व्यक्ति वा एउटा संस्थाले एक मात्र बोलपत्र पेश गर्न पाउनेछन्। आबेदन दिंदा न्युनतम एक सय कित्ता वा दशले भाग जाने संख्यामा आबेदन दिनुपर्नेछ। कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन। संस्थापक शेयर खरीद गर्दा न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था भएकोले शेयर बिक्रि हुन सकेको थिएँन । अब भने कम्पनीले न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था हटाईसकेको छ।  यससंगै कम्पनीको बिक्रि हुन बाँकी रहेको ३ करोड ३० लाख कित्ता शेयर सजहै बिक्रि हुने कम्पनीको विश्वास छ । यद्यपि यसरी बिक्रि गरिएको शेयर भने संस्थापक शेयर नै कायम हुने छ । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।कम्पनीले आर्थिक बर्ष २०७७-०७८ मा सेयरधनीहरुलाई  ८ प्रतिशत बोनस सेयर र  ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अब नवीकरणीय उर्जामा पनि लगानी गर्ने भएको छ। जलविद्युतमा मात्र लगानी गरिरहेको कम्पनीले  नवीकरणीय उर्जामा पनि लगानी गर्ने गरि  प्रबन्धपत्र संशोधन गरिसकेको छ ।

कालीगण्डकी कोरिडोर : थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–थासाङ खण्ड फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले कोरिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले फागुन १ गतेदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताए । जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १ देखि फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ ढकालले जानकारी दिए । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो । थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानको ट्र्याक नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी चौडा गर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात अवरुद्ध हुने भएको उनले जानकारी दिनुभएको छ । ‘फागुन १ देखि १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाउनुपर्ने भएको छ । यो अवधिमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधन रोकिनेछन्,’ सहायक प्रजिअ ढकालले भने, ‘आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरी चौकी घाँसा र तत्कालको सहयोगका लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिनेछ ।’

कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण फागुन १ गतेदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताए । जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला

कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ । करिडोर अन्तर्गत बेनी–जोमसोम खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आगामी फागुन १ गतेदेखि फागुन १५ गतेसम्म सडक दैनिक ६ घण्टा बन्द गरिने छ […]