नुवाकोटको पञ्चकन्या २ को वडा कार्यालयबाटै ५३ लाख गायब, वडाध्यक्ष र कर्मचारी अनुसन्धानको दायरामा
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयबाट गायब भएको भनिएको ५३ लाख रुपैंयाँ रकम स्थानीय जनप्रतिनिधि र कर्मचारीको लापरवाहीका कारण मात्र नभइ उनीहरुकै संलग्नतामा गायब बनाइएको हुनसक्ने आशंका गरिएको छ ।
मिर्चैया नगरपालिका-३ राघोपुरका ६२ वर्षीय महेश्वर मोची सोमबार दिउँसो १२ बजे हातमा केही कागजात लिएर वडा कार्यालय पुगे । उनलाई घरबाटोको सिफारिस लिनुपर्ने थियो । वडा कार्यालय गएपछि वडाध्यक्ष त भेटिए । तर, कर्मचारी भने एकजना कार्यालय सहयोगीबाहेक कोही थिएनन् ।
दोलखाको तामाकोसी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई मतदाता परिचय पत्र खोसेको अभियोगमा पक्राउ गरिएको छ । समाचार अनुसार मतदाता परिचयपत्र खोसी फरार भएका काफ्लेलाई नियन्त्रणमा लिई निर्वाचन कसुरअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ । काफ्ले सो वडा कार्यालय भवनस्थित मतदानस्थलमा मतदाता वितरण हुँदै गरेको १२५ थान मतदाता परिचयपत्र सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट खोसी …
२९ वैशाख, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् । बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनस्थित मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र खोसेर लगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काफ्लेले मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट मतदाता […]
दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा
रूपन्देही । स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधार निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरमा धमाधम वडा कार्यालय निर्माण र पुनर्निर्माण हुन थालेका हुन् । बुटवलको दीपनगरमा पुननिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरूपको बनाइएको छ । वडा–७ को पुनर्निर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ ।
उपमहानगर प्रमुख शिवराज सुवेदीले पुनर्निर्माण भएको भवनको उद्घाटन गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे । टोल स्तरबाट छलफल भएर वडा स्तरका र वडाबाट छलफल भएर नगर स्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ छ ।
वडाध्यक्ष कमलप्रताप थापाले नागरिकका लागि सेवक भएर र वडालाई सेवाकेन्द्रका रूपमा विकास गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिए । करिब ३२ लाखमा सो वडा भवन पुनर्निर्माण भएर सेवा सुरु गरिएको वडा सचिव राजु लामिछानेले बताए । माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनर्निर्माण गरी बनाइएको हो । त्यस्तै, उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो । त्यसका लागि जग्गा प्राप्ति भएको छ । करिब ४८ लाखमा प्रतिपरिवार चार कोठासहितको ६ वटा आवासगृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा ८ का वडाध्यक्ष भीमबहादुर श्रेष्ठले बताए ।
सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रूपमा रहेको वडा–८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुनेछ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ । जम्मा १९ वडा रहेको बुटवल उप–महानगरमा यसअघि वडा–१० को भवन निर्माण भइसकेको छ भने वडा–२ को पुनर्निर्माण हुने तयारीमा छ । रासस
२६ साउन, वीरगञ्ज । ७२ वर्षीया हुस्मा देवानी दुई दिनदेखि वीरगञ्ज महानगरपालिकाको २६ नम्बर वडा कार्यालय धाइरहेकी छन् । उनलाई बसाइँसराइको कागज बनाउनुपर्ने छ । तर कार्यालयमा न वडाध्यक्ष भेटिन्छन्, न वडासचिव वा अन्य कर्मचारी नै । कार्यालय सहयोगी मान्छे नहुने बित्तिकै कार्यालय बन्द गरेर हिँडिदिन्छन् । कार्यालयमा आउन जान सवारी साधन पाइँदैन, अटो भाडामा […]
असार ७, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ नं. वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । यस आर्थिक वर्षमा संघीय संसदमार्फत उपलब्ध हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको २० लाख रुपैयाँ वडा कार्यालयले अर्को वडामा दिएको विरोधमा तालाबन्दी गरिएको स्थानीय चित्रदेवी थापाले बताइन् ।
सो बजेट छथर जोरपाटी गाउँपालिकाकै मेरुदण्डको रुपमा त्रिवेणी धामसम्म पुग्ने सडकका लागि विनियोजन भएपनि वडा कार्यालयले निहीत स्वार्थ कमिसन चलखेल र विकास विरोधी घातक काम गरेको अर्का स्थानीय ठगेन्द्र प्रसाद पराजुलीको भनाइ छ ।
सातौ पटकसम्म सिफारिसका लागि वडाध्यक्षलाई भेट्दा वडाध्यक्षले सिफारिस नदिएको र हाल सो बजेट अर्को वडामा लगेको थाहा पाएपछि वाध्य भएर ताला लगाउनु परेको उनको भनाइ छ । समिति आफैँ बनाइदिनु भन्दा पनि वडाध्यक्षले पहल नगरेको तथा ठेक्काबाट काम गरौ भन्दा पनि काम नगरेको पराजुलीले बताए ।
वडा कार्यालयले पार्टीगत रुपमा मात्रै काम गरेको र पार्टी निकट मानिस उपभोक्ता समितिमा नभएको कारणले सिफारिस रोकेको स्थानीय मनमाया शिवभक्तिले बताइन् । उनले सो बजेट नपाएसम्म तालाबन्दी जारी रहने बताइन् । दम्भको आधारमा बजेट स्थानान्तरण गरिएको उनको आरोप छ ।
यता वडाध्यक्ष टेकबहादुर घिसिङले तालाबन्दी किन र के का लागि लगाएको भन्ने छलफल र बहस नभएको आफूलाई जानकारी नभएको बताए । गाउँपालिकाको नीति तथा कार्यक्रमका लागि वडाका सबै जनप्रतिनिधी र कर्मचारी वडा कार्यालय बन्द गरेर गाउँपालिकाको कार्यालय गएको बेला ताला लगाएकाले आफूहरु जानकारी बिहीन रहेको उनको भनाइ छ ।
सडक निर्माणका लागि उपभोक्ता समिति बनाउन नदिएको र जहिल्यै असफल बनाउन खोजेपछि टोलवस्तीको नेतृत्वमा काम गरौ भन्दा पनि विवाद निकालेपछि काम हुन नसकेको घिसिङले बताए । जे हुँदा पनि विवाद भएपछि संघीय संसद राजेन्द्र राईले अर्को वडामा लागेको उनको भनाइ छ । असन्तुष्ट पक्षले छलफलको माध्यमबाट समस्या समाधानको लागि वडा कार्यालय तयार रहेको वडाध्यक्ष घिसिङले बताए ।
ताला स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाको टोली ताला तोडेको छ । ताला तोडेको भएपनि आफूहरुको माग पूरा नभएसम्म पुनः वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने स्थानीयको भनाइ छ ।