स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन : 'नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस्'

जेठ २०, काठमाडौं।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गरेका छन् ।  मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रवार बिहान अर्थ मन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रियामा रुकुम पश्चिमका नगरपालिका प्रमुख/उप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो । जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे। ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’, उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नुस्  ।’ उनले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिए। पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि  निर्देशन दिए । ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपाईहरु (जनप्रतिनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’ संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न उहाँले निर्देशन दिनुभयो । त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन सुझाव दिए । मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरुलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरुसँग छलफल गर्न, जनप्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सो भन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिएका थिए । छलफलमा जनप्रतिनिधिहरुले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकतालगायतका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित सामग्री

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं :  अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।  मंगलवार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उनले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिए। लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षा लग

दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव …

कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरूलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि  गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।  आर्थिक वर्ष २०७८-७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले […]

उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन सम्बन्धि मन्त्रालयलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल गर्दै मन्त्री शर्माले यस्तो निर्देशन दि

कृषिलगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैङ्कहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि लगायत उत्पादनमूलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका छन् । आन्तरिक उत्पादन वृद्धि नगरी दिगो आर्थिक विकास सम्भव नहुने भन्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका हुन् । सोमबार राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ‘बैङ्कका नयाँ कार्यक्रममा हालको […]

अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो

पुस महिनाभित्र ३० प्रतिशत विकास बजेट खर्च गराउन अर्थमन्त्रीको निर्देशन आएपछि हरेक मन्त्रालय निकै अप्ठेरोमा परेका छन् । पुँजीगत खर्च हुन सकेन भनेर अर्थमन्त्रीको आलोचना भइरहेका बेला यस्तो ताकेता आएपछि यसलाई अर्थमन्त्रीको हतासाका रूपमा लिन थालिएको छ । पछिल्लो समयमा अर्थविद् तथा अर्थ विशेषज्ञहरूले प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकको सुझबुझ एकै ठाउँमा हुन नसक्दा […] The post अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । “चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा […]

आन्तरिक राजश्व दोब्बर बनाउने योजना ल्याउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्य योजना पेस गर्न निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजश्व विभागको व्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले भने, ‘राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्य योजना पेस गर्नुहोस्।’ अहिले चलरिहेको अवस्थाको निरन्तरता आफूलाई मान्य नहुने भएकाले राजश्व बढाउने योजना ल्याउनै पर्ने बताएका हुन्।

पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)

अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका सचिवहरूलाई सोमबार अर्थ मन्त्रालयमा बोलाएर पुँजीगत खर्च बढाउने विषयमा छलफल गरेका छन् । विकाससँग सम्बन्धित मन्त्रालयहरूको पुँजीगत खर्च बढाउनका लागि प्रभावकारी भूमिका खेल्न मन्त्री शर्माले सचिवहरूलाई निर्देशनसमेत दिएका छन् ।  पुँजीगत खर्चमा तीव्रता प्रदान गरी समग्र विकास प्रयासलाई परिणाममुखी बनाउन र बजेट कार्यान्वयनमा जोड दिनका लागि मन्त्री शर्माले विभिन्न मन्त्रालयका सचिव र महानिर्देशकहरूलाई छलफलमा बोलाएका थिए ।अर्थ मन्त्रालयमा आयोजित