आईएमई दशैँ अफर विजेतालाई १० लाख रुपैयाँको चेक हस्तान्तरण

काठमाण्डाै – आईएमईले दशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज मङ्गलवार चेक हस्तान्तरण गरेको छ ।  'आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा बेलिमाया तामाङलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङले १० लाख रुपैयाँ उपहारस्वरूप प्राप्त गर्नुभएको थियो ।  आज काठमाण्डाैकाे पानीपोखरीमा रहेकाे आईएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबिच आईए...

सम्बन्धित सामग्री

एनआईसी एशियाद्वारा घातक रोगको बीमाबापत १० लाख भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ खोलेकी अन्नु श्रेष्ठलाई घातक रोगको बीमाबापत रू. १० लाख भुक्तानी गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले उक्त बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म २०८० जना ग्राहकलाई घातक रोग बीमाबापत रू. ३ करोड, दुर्घटना बीमाबापत रू. १ करोड ३० लाख र स्वास्थ्य बीमाबापत रू. ३ करोड ६७ लाख गरी कुल रू. ७ करोड ९७ लाख बीमा रकम प्रदान गरिएको बैंकको भनाइ छ । बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०६ ओटा विस्तारित काउन्टर एवं ८१ ओटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको बताइएको छ ।

आइएमईको दसैँ अफर विजेतालाई चेक हस्तान्तरण

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ ।  आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप...

आईएमईको चाडपर्व लक्षित अफरका बिजेतालाई चेक हस्तान्तरण

काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको अफरका विजेता मेखलाल तामाङ बनेका छन् । मेखलालको सिफारिसमा कम्पनीले बेलीमाया तामाङलाई मंगलबार १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौंको पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई उक्त चेक […]

आइएमई दसैँ अफर विजेतालाई १० लाखको चेक हस्तान्तरण

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेका हुन् । मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिम

एनआईसी एशिया बैंकद्वारा १० लाख बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना’ अन्तर्गत बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत उक्त रकम भुक्तानी गरेको हो । बैंकको कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत ‘डायमण्ड श्रेणी’मा खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा दाबी भुक्तानी गरिएको बताइएको छ । ‘खातावालको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमाबापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकका पति भगौतीप्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकका अनुसार हालसम्म ९३८ जना ग्राहकले घातक रोग बीमाबापतको १ करोड ८० लाख, दुर्घटना बीमाबापतको ३ करोड र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

काठमाडौंका ए डिभिजन फुटबल क्लबलाई १०–१० लाख अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा सहिद स्मारक ‘ए डिभिजन फुटबल’का हरेक क्लबलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरे । अनुदान पाउनेमा मच्छिन्द्र क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मनाङ् मर्स्याङ्दी, एनआरटी क्लब गरी ए डिभिजनका ५ वटा फुटबल क्लबहरु […]

सिटी एक्सप्रेसले दियो १५औँ वार्षिकोत्सवमा फूलमतीलाई १० लाख

काठमाडौँ–  सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकारात्मक र सबल हुँदै’ भन्ने मूल नाराका साथ १५औं वार्षिकोत्सव मनाएको छ। उक्त समारोहमा ‘न यति न उति सीधै लखपति’ योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फूलमती कुमारीलाई १० लाखको चेक हस्तान्तरण गरेको छ। साथै, कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनीय कार्य गरेबापत विभिन्न विभाग र […]

प्रदेश १ सरकारलाई सिद्धार्थ बैंकको १० लाख

विराटनगर (अस) । सिद्धार्थ बैंकको प्रदेश कार्यालयले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । विपत्ति परेका बेला बैंकले विभिन्न समयमा सरकारलाई नगद सहयोग प्रदान गर्दै आएको बस्नेतले बताए । कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष पनि बैंकले प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा सिद्धार्थ बैंक विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेल उपस्थित थिए ।

महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग

कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस