एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
यस बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षीय गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको हो ।
निजलाई यस बैंकको प्रदेश १ का डेपुटी पीएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई ...