जुम्लामा आगलागी, डेढ करोड रुपैयाँभन्दा बढीको क्षति

जुम्ला : जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा एक करोड ४० लाख ५८ हजार १०० रुपैयाँ बराबरको भौतिक सम्...

सम्बन्धित सामग्री

गुल्मीको विद्युत सब-स्टेसनमा आगलागी

७ वैशाख, गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर …

रेसुङ्गा फर्निचरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

नेपालगन्जको कारकाँदोस्थित रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार राती लागेको उक्त आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको हो ।...

‘फुडल्यान्ड’मा आगलागी

रूपन्देहीको बुटवलस्थित दियालो फुडल्यान्डमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रबन्धक मदन भण्डारीले बताए ।

बुटवलको दियालो फुडल्याण्ड आगलागीबाट जल्यो

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा रेष्टुरेन्टमा गएराति आगलागी भएको छ । बुटवलको मिलनचोकको दुर्गा डिजल्स नजिकै रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब १ः३० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।  आगलागीबाट फुडल्याण्डको पहिलो तलामा रहेको रेष्टुरेन्ट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट करिब डेढ करोड भन्दा बढीको क्षति भएको फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए । तीन वटा दमकलको सहायतामा करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको छ । आगो कसरी लाग्यो त्...

वसन्तपुरमा शुक्रबार आगलागी हुँदा डेढ करोडभन्दा बढी क्षति

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका वडा नम्बर–५ बसन्तपुरको बंगाली टोलमा शुक्रवार राति भएको आगलागीबाट नौ परिवारको १२ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट डेढ करोड भन्दा बढीको क्षति भएको छ । आगलागी पछि शनिबार विहान अग्नी पीडित परिवारलाई हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व टोलीले राहत उपलब्ध गराएको छ । बसन्तपुरमा आगलागी भएको खबरपछि पालिका अध्यक्ष अन्सारी राति नै सो स्थानमा पुगेर आगो नियन्त्रण गर्न पुग्नुभएको थियो । अग्निपीडितहरुलाई हरिनगर गाउँपालिकाले जनही पाँच हजार रुपियाँको दरले उपलब्ध गराएको छ । उनीहरुलाई जनही चामल २५ केजी, च्युरा पाँच केजी, खाने तेल, नुन एक केजी, भाडावर्तन १५ थान, कम्बल दुई थान, झुल एक थान, मेट दुई थान र भुजा एक पाकेट लागयतको सामाग्री उपलब्ध गराएको छ । यसैगरी सोही ठाउँमा नेपाल रेडक्रस सोसाइटी हरिनग्र उपशाखाले पनि अग्निपीडितहरुलाई राहत उपलब्ध गराएको छ । उनीहरुलाई जनही भाडावर्तन, त्रिपाल एक थान, कम्वल दुई थान, पुरुष, महिला र बच्चालाई कपडा सेट, भुजा एक पाकेट उपलब्ध गराएको रेडक्रस हरिनगर उपशाखाका सभापति कृष्ण प्रसाद देवले जानकारी दिनुभयो । इनरुवा नगरपालिका र कोशी गाउँपालिकाबाट आएको बारुण यन्त्र र जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

कृषि फामर्ममा आगलागी

लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोड भन्दा बढीको क्षति भएको छ । फार्ममा रहेको ५० बाख्रा र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ ।

भोटखोला गाउँपालिका कार्यालयमा आगलागी

संखुवासभा : जिल्लाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगलागी भएको छ। शुक्रबार १२ बजे आगोलागी हुँदा डेढ करोड बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। वडा ३ को हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा मध्यरात आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  आगलागीबाट गाउँपाल...