सूर्यज्योति लाइफले २१ गतेलाई बोलायो साधारण सभा, ३५ प्रतिशत लाभांश पारित गरिंदै

सूर्यज्योति लाइफले २१ गतेलाई बोलायो साधारण सभा, ३५ प्रतिशत लाभांश पारित गरिंदै

सम्बन्धित सामग्री

प्रभु इन्स्योरेन्ससहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिभिल लघुवित्तको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य रू. ७४९ को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६७४ दशमलव ७७ तोकेको छ । सिभिल लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २८ करोड ८१ लाख २४ हजारको आधारमा ११ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले कम्पनीको बोनसपछिको शेयर मूल्य तय गरिदिएको हो । त्यस्तै फागुन २३ गते ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश पारित गर्न लागेको प्रभु इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा नेप्सेले बोनसपछिको शेयर मूल्य तोकेको छ । प्रभु इन्स्योरेन्सले फागुन १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य रू. ५५५ दशमलव ९० को आधारमा नेप्सेले ६ दशमलव ७० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ५२० दशमलव ९९ तोकेको हो । सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ७११ दशमलव ८६ तोकेको छ । नेप्सेले कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य रू. ८४० को आधारमा मूल्य समायोजन गरेको हो । सबैको लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २७ करोडको आधारमा १८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयर मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । यी तीन कम्पनीको प्रस्तावित लाभांश बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।

एनएमबि बैंकले पारित गर्‍यो प्रस्तावित १५.८% लाभांश

पुस २२, काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहीवार सभा सम्पन्न गरी १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  बैंकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १६ अर्ब ३२ करोड ५९ लाख ६० हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गरेको थियो ।  यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै केहि दिनभित्रै जम्मा गर्ने जानकारी दिएको बैंकले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने बताएको छ । कुनै वर्ष ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको यस बैंकले यस वर्ष भने अघिल्ला पाँच आर्थिक वर्षपछिकै कम लाभांश दिएको हो । आर्थिक वर्ष ०७५÷७६ को मनुाफाबाट बैंकले हालसम्मकै सर्वाधिक ३५ प्रतिशत लाभांश दिएको थियो । सो वर्ष बैंकले २१ प्रतिशत बोनस शेयर र कर समेत १४ प्रतिशत नगद लाभांश वितरण गरेको  हो ।  चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले रू. १ अर्ब ४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४२ दशमलव ४९ प्रतिशत बढी भएको हो । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा रू. ७३ करोड २९ लाखभन्दा बढी थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ४५ करोड ८४ लाख ५२ हजार रहेको छ । वितरणयोग्य नाफामा भने यो वर्ष कमि आएको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ५१ करोड ९१ लाखभन्दा बढी थियो । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोषमा रू. ८ अर्ब ६५ करोड ८३ लाखभन्दा बढी रकम कायम रहेको छ । प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव शून्य ३ छ ।

सनराइज बैंकको १४औं साधारण सभा सम्पन्न, ७% लाभांश पारित

पुस १५, काठमाडौं । सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले बिहीवार अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा उक्त सभा सम्पन्न गरेको हो । सभाले ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाहरु एक आफूमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएको अवस्थामा आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चाक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते (एक दिन) बन्द गरेको थियो । यस आधारमा पुस २ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । ६ दशमलव ६५ प्रतिशत बोनस शेयर पारित गरेपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ११ करोड ८८ लाख पुगेको छ ।

नेपाल ल्यूब आयल लिमिटेडले शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने

नेपाल ल्यूब आयल लि.को ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाबाट कम्पनीले उच्च लाभांश पारित गरेको छ । कम्पनीले शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुका उपस्थिति रहेको थियो । स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यम बाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरु बीच दुरी कायमका साथै अन्य स्व...