एनएमबि बैंकले पारित गर्‍यो प्रस्तावित १५.८% लाभांश

पुस २२, काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहीवार सभा सम्पन्न गरी १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  बैंकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १६ अर्ब ३२ करोड ५९ लाख ६० हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गरेको थियो ।  यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै केहि दिनभित्रै जम्मा गर्ने जानकारी दिएको बैंकले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने बताएको छ । कुनै वर्ष ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको यस बैंकले यस वर्ष भने अघिल्ला पाँच आर्थिक वर्षपछिकै कम लाभांश दिएको हो । आर्थिक वर्ष ०७५÷७६ को मनुाफाबाट बैंकले हालसम्मकै सर्वाधिक ३५ प्रतिशत लाभांश दिएको थियो । सो वर्ष बैंकले २१ प्रतिशत बोनस शेयर र कर समेत १४ प्रतिशत नगद लाभांश वितरण गरेको  हो ।  चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले रू. १ अर्ब ४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४२ दशमलव ४९ प्रतिशत बढी भएको हो । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा रू. ७३ करोड २९ लाखभन्दा बढी थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ४५ करोड ८४ लाख ५२ हजार रहेको छ । वितरणयोग्य नाफामा भने यो वर्ष कमि आएको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ५१ करोड ९१ लाखभन्दा बढी थियो । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोषमा रू. ८ अर्ब ६५ करोड ८३ लाखभन्दा बढी रकम कायम रहेको छ । प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव शून्य ३ छ । 

सम्बन्धित सामग्री

उच्चतम ब्याज दरका साथ एनएमबि बैंकले ल्यायाे ‘मान्यजन बचत खाता’

काठमाडौँ – एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। बैंकले सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मध्यनजर गरी बनाइएको बैंकले जनाएको छ। ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने भएको छ। एनएमबि बैंक विगत २६ वर्ष […]

एनएमबि बैंकले प्लास्टिकरहित बजार सञ्चालन गर्ने

एनएमबि बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।एनएमबि बैंकले दसैं र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी दिएको छ । बैंकले आफ्ना ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहजगराउन […]

एनएमबि बैंकले स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न एनएमबि बजार आयोजना गर्ने

काठमाडौँ–एनएमबि बैंकले नेपाली बैंकिङ्गजगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ। एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलार्इ लक्षितगरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ। एनएमबि बैंकले आफ्नाग्राहलाई कर्जा प्रदान गर्ने मात्र नभई […]

एनएमबि बैंकले पुनर्निर्माण गरिदियो विद्यालय भवन

एनएमबि बैंकले सुर्खेतको वीरेन्द्रनगरमा रहेको सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ । कम्पनीले सामाजिक दायित्वअन्तर्गत विद्यालयको छानामाथिको पुनर्संरचना–सम्भार र कक्षाकोठाको मर्मत–सम्भार गरेको हो ।  गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि...

एनएमबि बैंकले ल्यायो मुद्दतीमा डबल प्रतिफलको योजना

एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेको छ । एनएमबि डबल मुद्दती योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुने बैंकले जनाएको छ । त्यसैगरी, एनएमबि जन्मभूममि डबल मुद्दती योजनामा नेपालीहरुले वैदेशिक रोजगारीबाट  रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।सोही योजना

एनएमबि बैंकले आयोजना गरेको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौँ – एनएमबि बैंकले एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्म पुगि समापन हुने नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको बैँकले जनाएको छ। समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा […]

एनएमबि बैंकले ल्यायो युवा लक्षित बचत योजना

काठमाडौं । एनएमबि बैंकले युवालाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘NMB You-Wah! Digi Savings’ सार्वजनिक गरेको छ । यो खाता १८ देखि ४० वर्ष उमेर समूहका युवाले खोल्न सक्नेछन् । बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर दिनुका साथै मेरो सेयर, डिम्याट र आस्बा निःशुल्क उपलब्ध गराउनेछ । त्यसैगरी योजनाअन्तर्गत बैंकले […]

अबदेखि एनएमबि बैंकले फिक्स्ड ब्याजदरमै घर कर्जा दिने

काठमाडौं, २२ साउन । एनएमबि बैंकले अब फिक्स्ड ब्याजदरमै घर कर्जा दिने भएको छ । अब घर कर्जा लिने ऋणीहरु निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने भएका छन् । एउटै ब्यादरमा घर कर्जा दिने एनएमबि बैंकले योजना ल्याएसँगै ऋणीहरु उक्त चिन्ताबाट मुक्त हुने बिश्वास लिएको छ । एनएमबि बैंकले प्रतिवर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर […]

एनएमबि बैंकले बढायो ब्याजदर

काठमाडौं। एनएमबि बैंकले साना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर दिने भएको छ। बैकले निक्षेपकर्ताहरुलाई ५.६० प्रतिशत ब्याजदर दिने भएको हो। बैकका अनुसार यो अहिलसम्मको सर्वाधिक ब्याजदर हो। बैंकले मुद्दती खातामा भने ८.३० प्रतिशतसम्म ब्याजको व्यवस्था गरेको छ।

एनएमबि बैंकले बढायो ब्याजदर

काठमाडौं। एनएमबि बैंकले साना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर दिने भएको छ। बैकले निक्षेपकर्ताहरुलाई ५.६० प्रतिशत ब्याजदर दिने भएको हो। बैकका अनुसार यो अहिलसम्मको सर्वाधिक ब्याजदर हो। बैंकले मुद्दती खातामा भने ८.३० प्रतिशतसम्म ब्याजको व्यवस्था गरेको छ।