क्रममा बाजुरामा काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा आज भएको अधिवेशनका क्रममा झडप भएको छ । जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए । घाइते प्रहरीको अवस्था समान्य छ ।      वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजै राति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम...

सम्बन्धित सामग्री

रंगेलीमा मतपत्र बढी भेटिएपछि तनाव

विराटनगर । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकामा तनाव भएको छ । मतगणनाका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली काँग्रेस कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काँग्रेसका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड […]

सोलुखुम्बु झडप : घाइते युवाको मृत्यु

सोलुखुम्बुमा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोताङ गाउँपालिकामा एक विरामी मतदातालाई घर लैजाने विषयमा विवाद बढ्दा भएको झडपमा घाइते भएका सुदीप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।हिजो राति भएको घटनामा घाइते राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राईको ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा काँग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोल्पामा काँग्रेस कार्यकर्तालाई खुकुरी हानेर भागेका युवक सल्यानबाट पक्राउ

रोल्पाको गंगादेव गाउँपालिकामा झडप हुँदा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २६ मा गंगादेव गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो ।झडप हुँदा खुकुरी प्रहारमा संलग्न प्रकाश केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा केसी सल्यानबाट पक्राउ परेका हुन् ।झडपमा तरुण दलका वडाअध्यक्ष मानबहादुर बुढामगर र सो वडाका काँग्रेस कार्यकर्ता २० वर्षीय कमल बुढामग

पश्चिम रुकुममा काँग्रेस कार्यकर्ताको मोटरसाइकल जलाएको आरोपमा २ जना पक्राउ

पश्चिम रुकुमको आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबिसकोट नपा–१० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओली छन् । उनीहरु माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ता हुन् ।सोमबार आठबिसकोट नगरपािलका–१० मा झड हुँदा उनीहरुले कांग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको मोटरसाइकल जलाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।आईतबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा पनि झडप भएको थियो । झडपका क्रममा म

निर्वाचनका विषयमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा झडप

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा झडप भएको छ । आइतबार दिउँसो त्रिवेणी गाउँपालिका–८ माओवादी केन्द्र निकट वाइसिएल र काँग्रेसका कार्यकर्ता बीचमा झडप भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए ।स्थानीय निर्वाचनको विषयमा झडप हुँदा केही मानिसहरु सामान्य घाइते भएको एसएसपी केसीले जानकारी दिए । आइतबार पश्चिम रुकुमकै  मुसिकोट नगरपालिकामा पनि झडप भएको थियो । मुसिकोट–८ मा काँग्रेस र माओवादीको बीचमा झडप हुँदा १० जना घाइते भएका छन् ।

काँग्रेस-एकीकृत समाजवादीका कार्यकर्ताबिच झडप, पाँच प्रहरीसहित ११ जना घाइते

बाजुरा । बाजुरामा सत्तारुढ गठबन्धनकै बिच झडप हुँदा पाँच प्रहरीसहित ११ जना घाइते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनको अगाउपानीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी(एस) का कार्यकर्ताबिच शुक्रवार दिनभर झडप हुँदा स्थिति असामान्य बन्न पुगेको थियो । झडपमा ५ प्रहरी, नेकपा (एस) का चार र दुई जना काँग्रेस कार्यकर्ता गरी ११ जना […]

प्युठानमा काँग्रेसको मतगणनास्थलमा गोली चल्यो, झडपमा प्रहरीसहित ७ जना घाइते

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको  जनाइएको छ ।मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा काँग्रेस कार्यकर्ता र  प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लेखनाथ जिसीले रातोपाटीलाई बताए । प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथ

काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, दुई डीएसपीसहित ४९ जना घाईते

सर्लाही सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यही असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँगे्रस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको परिवारको जाहेरी लिनुपर्ने लगायत माग राख्दै काँगे्रसले मलङ्गवामा प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।

काँग्रेस कार्यकर्ता हत्याको विरोधमा झडप, तीन प्रहरीसहित केही स्थानीय घाइते

रामपुर । पाल्पाको रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।