काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, दुई डीएसपीसहित ४९ जना घाईते

सर्लाही सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यही असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँगे्रस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको परिवारको जाहेरी लिनुपर्ने लगायत माग राख्दै काँगे्रसले मलङ्गवामा प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।