जिल्ला प्रशासनमा जी-बब र आमाबुबाले दिए एक अर्काविरुद्ध उजुरी, प्रहरीमा छलफल भए पनि टुङ्गिएन

काठमाडौं । चर्चित र्‍यापर सुदिप भण्डारी (जी-बब)ले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा माग गर्दै आफ्नै बुबा आमाविरुद्ध उजुरी दिएका छन्। आमा बुबाले पनि जी-बबविरुद्ध उजुरी दिएपछि प्रशासनले काठमाडौं प्रहरी कार्यालयलाई दुवै पक्षलाई राखेर छलफल गराउन निर्देशन दिएको थियो। काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले शुक्रवार दुवै पक्षलाई राखेर छलफल गरिए पनि टुंगोमा नपुगेको बताए। ‘अब […]

सम्बन्धित सामग्री

जी-बब भन्छन्, ‘म, परिवार र एएनटिएफ बसेर समस्या सुल्झाउँछौं”

काठमाडौँ- र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमा बुबाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको विषयमा सोमबार छलफल हुँदैछ । दुबैले एक अर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको छ । यद्यपि जी–बब र उनका बुबाआमाले एक आपसमा आरोप प्रत्यारोपलाई निरन्तरता नै दिइरहेका छन् । आमाबुबाले पत्रकार सम्मेलन गरेपछि आफू […]

र्यापर ‘जीबब’ र परिवारको दोहोरो उजुरी, सोमबार प्रशासनमा छलफल

र्यापर सुदिप भण्डारी ‘जी बब’ र उनका परिवारले एक अर्काविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दोहोरो उजुरी गरेका छन् । कम्पनी अल नेपाल थग फेमिली नामक संस्थाले बन्धक बनाएको उनको परिवारको आरोप छ । तर, जी बबले आफुलाई सो संस्थाले बन्धक नबनाएको दाबी गरेका छन् ।दोहोरो उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले छलफलमा बोलाएको छ । पारिवारिक मामला भएको हुनाले दुवै पक्षलाई  छलफलका लागी झिकाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रातोपाटीलाई बताए ।