२४ असार, काठमाडौं । झापासहितका पूर्वी तराईमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ । दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको एसिडका कारण घाउ भएर उपचारका लागि आइरहेको बताए । दमकमा यस किराको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । […]