बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा एक कारखानामा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् ।
कारखाना भवनको भुइँतल्लामा लागेको आगो प्रज्वलनशील पोलिथिन तथा घ्यूहरूका कारण द्रुत गतिमा फैलिएको थियो । दमकल अधिकारीहरूले बिहीवार बेलुका ५ बजेतिर घटना भएको बताए ।
रूपगञ्जमा रहेको शेजान जुस कारखानामा आगो लागेपछि मजदूरहरू भवनबाट हाम्फालेर भागेका थिए । भाग्ने क्रममा पनि कैैयौंजना घाइते भए ।
घटनास्थलबाट ४९ वटा मृत शरीर बरामद भइसकेका छन् ।
शवहरू डढेर पह...