विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले विभिन्न २२ ओटा विषयगत समिति गठन गरेको छ । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश उद्योग वाणिज्य महासंघ गठन तथा सञ्चालक सम्बन्धी नियमावली २०७३ को दफा २२ (ट) अनुसार समितिका सभापति मनोनयन गरेका हुन् ।
महासंघ कोशी प्रदेशका कृषि उद्यम केन्द्र प्रदेश समिति सभापति टीकाराज ढकाल, सदस्यता वितरण समिति सभापति कुमारमणि पोखरेल, उद्योग वाणिज्य परिषद् समितिका सभापति भीमबहादुर पौडेल, बैंक, वित्तीय, बीमा तथा पूँजी बजार समितिका सभापति सुवास आचार्य, स्वास्थ्य तथा शीप विकास समितिका सभापति राजन श्रेष्ठ, रोजगारदाता समितिका सभापति श्रवणकुमार अग्रवाल, शिक्षा तथा सूचना समितिका सभापति रविन दाहाल, स्थानीय आर्थिक विकास समितिका सभापति वीरेन्द्रकुमार साह, निजी तथा साझेदारी समन्वय समितिका सभापति प्रितम खड्गी, कर तथा राजस्व समितिका सभापति देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिका सभापति भविश श्रेष्ठ, वस्तुगत समन्वय समितिका सभापति दिपक पाण्डे र महिला उद्यमी विकास समितिका सभापति सरु केसी छन् ।
यसैगरी शहरी विकास ऋषिराज तिम्सिना, सामाजिक विकास प्रकाश शिवाकोटी, मानव संसाधन विनोद बस्नेत, घरेलु तथा साना उद्योग विजय श्रेष्ठ, व्यापार मेला मनोज विक्रम शाह, स्थल यातायात तथा पारवहन मेघराज सिग्देल, भन्सार समन्वय प्रवीण जोशी, स्टार्टअप एण्ड इनोभेशन युनेश श्रेष्ठ र सल्लाहकार समितिका सभापतिमा अविनाश बोहरालाई नियुक्त गरिएको कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।