काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।यस अनलाइन सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिन बैंकले जनाएको छ । हालको निषेधाज्ञाको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग बढ