युरोकपः स्पेनसहित यी देशबीच भिडन्त हुँदै

युरोपक २०२१ अन्तर्गत सोमबार राति स्कटल्याण्ड र चेक रिपब्लिक तथा पोल्याण्ड र स्लोभाकियाबीच भिडन्त हुँदैछ । स्कटल्याण्डस्थित हाप्डेनपार्क रंगशालामा खेल नेपाली समयअनुसार पौने ७ बजे हुनेछ । यस्तै पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति पौने १० बजे रसियास्थित क्रेस्तोभ्स्की रंगशालामा हुनेछ । यस्तै आजै स्पेन र स्वीडेनबीचको खेल पनि हुँदैछ । सो खेल भने नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछ । स्पेन जारी युरोकपको उपाधि दावेदार मानिन्छ ।