प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा विश्व बाँस्तोलाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव बाँस्तोलाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । स्थानीय तह निर्वाचन अगाडि नै पार्टी परित्याग गरेका बाँस्तोलाले आइतबार प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।