मुटु रोग र यौनसम्पर्क

मुटुरोगसँग उच्च रक्तचाप, मधुमेह तथा मोटोपनको सम्बन्ध हुने भएकाले ह्दयरोगीले उल्लेखित रोगका विरुद्ध प्रयोग गरिने औषधि तथा त्यसबाट यौन जीवनमा पर्न सक्ने जटिलताका सम्बन्धमा जानकारी राख्नुपर्छ । ह्दयरोगीले मुटुको चाल बढ्ने, मुटुलाई थप भार पर्ने खालका भियाग्राजस्ता यौनवद्र्धक औषधि खानु हुँदैन ।

सम्बन्धित सामग्री

तरुण दल सिन्धुलीद्वारा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल जिल्ला कार्यसमिती सिन्धुलीले हरिहरपुर गढीको झनझनेमा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना गरेको छ । उक्त बृहत् मुटु रोग विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा सहभागी भएका नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले विपतका हरेक ठाउँमा तरुण दल पुग्ने बताए । उनले जनताको हरेक सुख […]

एक प्रतिशत बच्चामा जन्मजात मुटु रोग, जन्मेको एक महिनाभित्र देखापर्छ लक्षण

एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ।  सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताइन्।

एक प्रतिशत बच्चामा जन्मजात मुटु रोग

काठमाडौं । जन्मजात एक प्रतिशत बच्चलाई मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताए । डा शाक्यले […]

मुटु रोग र यसको उपचार

पछिल्लो समय फेरिएको जीवनशैली र खानपानले मानिसको स्वास्थ्य बिग्रँदै गएको छ। सुरुसुरुमा पाको उमेरका व्यक्तिमा मात्र देखिने स्वास्थ्य समस्या युवामै देखिन थालेका छन्। नेपालमा मुटु सम्बन्धी समस्यासमेत बढ्दै गएको छ। सुविधा सम्पन्न अस्पताल र चिकित्सकको संख्या पर्याप्त भए पनि यो समस्या बढ्दै गएको पाइन्छ। नेपालीमा अहिले मुटु सम्बन्धी कस्तो-कस्तो समस्या देखिएको हो ? घरमा नै […]

मुटु रोग होइन, मनोत्रास

के तपाईंलाई वा तपाईंका आफन्त तथा साथीभाइलाई बेलाबेलामा एक्कासि बैचनी हुन्छ ? अचनाक घवराहट बढ्न थाल्छ ? हात खुट्टा काम्न थाल्छ ? हिँड्दा चक्कर लागेजस्तो हुन्छ ? सास रोकिएलाजस्तो हुन्छ ? चिटचिट पसिना छुट्छ ? मुटुको धड्कन बढेर, हल्लिएर मुटु नै बाहिर आउलाजस्तो हुन्छ ? अब मेरो मुटु फुट्ने भयो, म बेहोस भई मर्ने भएँ […] The post मुटु रोग होइन, मनोत्रास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरीः राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छन्  । आईतवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भएको हो ।  उनले अस्पतालका सेवाहरुलाई विकेन्द्रिकरण गरी प्रादेशिक स्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको बताईन । उनले गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना सरकारले पहल गर्ने पनि बताईन।  उनले १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताईन।  उनले भनिन् ‘अब गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गरेर प्रादेशिक स्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको छ । गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना गर्न चाहन्छौँ । १५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै अब सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ ।’

नेपालमा झण्डै २६ लाखमा कुनै न कुनै प्रकारको मुटु रोग

काठमाण्डाै - आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्कअनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टाेरोल छ । १० प्रतिशतलाई...

नकारात्मक सोचाई, रिस, दम्भ, घृणा आदिले पनि मुटु रोग लाग्छ – डा. ओम मूर्ति अनिल

मुटु रोग पछिल्लो समय नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या हो । अस्वस्थ जीवनशैली र खानपानमा लापरवाही गर्ने चलनका कारण पछिल्लो समय मुटु रोगीहरुको संख्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । अनावश्यक तनाव, अर्काको रीस, डाहा जस्ता भावनात्मक कारण र धुम्रपान, मद्यपान जस्ता व्यावहारिक कारणले मुटुरोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यही विषयमा मुटु रोग […]

हेटौँडा अस्पतालले निःशुल्क मुटु रोग शिविर सञ्चालन गर्ने

मुटु सम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीहरूलाई लक्षित गरी हेटौँडा अस्पतालले निःशुल्क मुटु रोग शिविर सञ्चालन गर्ने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले बिहीबार पत्रकार सम्मेलन गर्दै शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौँसँगको सहकार्यमा स्वास्थ्य असोज १६ गते शनिवार शिविर आयोजना गर्ने जानकारी दिएको हो ।शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा ७ जना मुटु रोग विशेषज्ञ डाक्टर र ४ जना प्