काठमाडौं, ४ फागुन । लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब सेवा सुरु भएको छ। बरिष्ठ मुटु रोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीको नेतृत्वमा हिजो एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु गरिएको हो । डा.बुढाथोकीलाई सो कार्यका लागि डा.रोशन घिमिरेले साथ दिएका थिए। “यो अस्पताल लुम्बिनी प्रदेशको धरोहर हो, हामीले क्याथल्याबमा पहिलो पाइला चालेका छौँ। […]