यस पटकको चुनाव शान्तिपूर्ण रह्यो । अब करिब करिब अन्तिम परिणाम आउन बाँकी नै छ । अहिले हेर्दा केही सिट सङ्ख्याले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको र त्यसको निकटतम् तथा उस्तै उस्तैको हाराहारीमा नेकपा एमाले स्थापित हुँदैछ । अहिले हेर्दा के देखिन्छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कार गरेको छ । हुन त यसअघि पनि हामीले भनेका थियौँ अहिले नागरिकहरुले व्यापक रुपमा मत परिवर्तन गर्छन् र त्यो मत परिवर्तन सहर केन्द्रित हुन्छ भनेका थियौँ ।
यो अपेक्षित थियो । यसकारण कि लामो समय सत्तामा बसेका सत्ताको दोहन गरेका, सर...