कोभिड-१९ सतर्कता : अब के के गर्न पाइन्न ? सरकारको निर्णय यस्तो छ

कोभिड-१९ को नयाँ भेरियन्टसँगै संक्रमण बढ्दै गएपछि सरकारले आज विभिन्न निर्णय गरेको छ। यस्ता छन् निर्णयहरु- यी ठाउँमा शिक्षण संस्था बन्द : १. काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिका, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोरा

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्को निर्णय : पाँच सचिवको सरुवा, २५ सेवामा हडताल निषेध

काठमाडौं (अस) । सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सुनाउँदै उक्त जानकारी गराएका हुन् । बैठकले सार्वजनिक हितका २५ सेवामा हडताल गर्न निषेध गर्ने निर्णय समेत गरेको छ । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए । त्यसैगरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । त्यसैगरी नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।  यस्तै संयुक्त राज्य अमेरिकामा आयोजना हुने साइबर सेक्युरिटी लिडरशिप प्रोग्राम तथा तालीममा सहभागी हुन नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिए । ‘संयुक्त राज्य अमेरिकाको होनोलुलुमा आयोजना हुने कम्प्रिहेन्सिभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत गर्ने र भारतमा हुने फूड सेक्युरिटीसम्बन्धी कार्यक्रममा सहभागी हुन कृषिमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ,’ उनले भने । सरकारले सार्वजनिक हितका लागि २५ आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र बुधवारदेखि आयोजना भएको भारत–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमको १४औं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ । यसैगरी यही जेठ २९ देखि आगामी असार ५ गतेसम्म जर्मनी, बेल्जियम र फ्रान्समा हुने कृषि, फलफूल र सहकारीसम्बन्धी कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ । साथै रुवान्डाको किगालीमा आयोजना हुने टेलिकम्युनिकेशन कार्यक्रममा भाग लिन सञ्चारमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि गरिएको छ । मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्रांकित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीको भनाइ छ ।

कोभिड-१९ सतर्कता : अब के के गर्न पाइन्न ? सरकारको निर्णय यस्तो छ

कोभिड-१९ को नयाँ भेरियन्टसँगै संक्रमण बढ्दै गएपछि सरकारले आज विभिन्न निर्णय गरेको छ। यस्ता छन् निर्णयहरु- यी ठाउँमा शिक्षण संस्था बन्द : १. काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिका, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिका, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, [...]

झापामा डेंगु संक्रमित फेला, उच्च सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन

भद्रपुर (झापा) : झापामा डेंगुको संक्रमण देखा परेपछि नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको छ।  प्रदेश सरकारको निर्णय बमोजिम बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको आकस्मिक बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निर्देशन दिएका हुन्। ‘पछिल्लो समयमा...