आफ्नो तलब भत्ता कम भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो। मृतक ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ऐरीले सेतोपाटीलाई बताए।