बैंकिङ कसुर मुद्दाका फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका-५ वसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा खातुन फरार रहेकी थिइन् । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० चुन्नीखेलबाट पक्राउ गरेको हो ।खातुनले आ