बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका-४ घर भएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत फागुन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानम