सिटी होटेलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

मंसिर ७, काठमाडौं । सिटी होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच मंगलवार  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीका कार्यकारी निर्देशक अक्षय गोल्याणको उपस्थितिमा सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष  शक्ति कुमार गोल्याण र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन्। नियामक निकायको अनुमतिपछि कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले गत कात्तिक १५ गतेदेखि काठमाडौंको सोल्टिमोडमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदीलगायतका उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्याक्वेंट हल, जिम, स्विमिङ्ग पुल र ४०० जनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधाहरु रहेको कम्पनीले बताएको छ । कम्पनीले अमेरिकाको ह्यात होटेल्स कर्पोरेसनको चेन ब्राण्डका रुपमा काटमाडौंको सोल्टिमोर्डमा ह्यात प्लेस सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित सामग्री

कालिञ्चोक दर्शनसहित ३ ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा दिए निवेदन

वैशाख ४, काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तीन ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् ।  कालिञ्चोक र्दशन लिमिटेड, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड र सिटी होटल लिमिटेडले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।  कालिञ्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न चैत १५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।  त्यसैगरी, हाथवे इन्भेष्टमेण्ट नेपालले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत २५ गते निवेदन दिएको हो । त्यसैगरी, सिटी होटल लिमिटेडले १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत ३० गते सेबोनमा निवेदन दिएको हो ।  यी दुवै कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यी दुवै कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । आईपीओ निष्कासनको अनुमति पाएपछि मात्र निष्कासन गर्नेछन् ।

सिवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं, १५ असोज । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३ करोड ९५ लाख ३३ हजार बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त रकम बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि धितो पत्र बोर्डमा असोज ११ गते निवेदन दिएको हो । आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड […]

सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

असोज १४, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।  कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

साउन १५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग - अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।  न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न साउन ११ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  ती तीन ओटै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन्  । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि ती कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको वित्तीय अवस्था :

असार ९, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।  कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  इक्रा नेपालले कम्पनीले निष्कासन गर्नका लागेको आईपीओलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरिसकेको छ । यस्तो रेटिङले कम्पनीको समयमै दायित्त पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।  कम्पनीले चालू आवको तेस्रो त्रैमासम्ममा रू. १९ करोड ५० लाख नाफा कमाएको छ ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १७ करोड ६८ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ ।   चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४६ करोड ६ लाख ६० हजार सञ्चित गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय पर्वतको कुश्मामा रहेको छ । कम्पनीले १२ ओटा जिल्लामा ५६ ओटा शाखा कार्यालयमार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

मध्य भोटेकोशी जलविद्युतले स्थानीयका लागि मंगलवारदेखि आईपीओ निष्कासन गर्ने

वैशाख २०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले मंगलवार (वैशाख २१ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।  कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  उक्त आईपीओमा स्थानीय बासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्ता देखि ४०० कित्तासम्मका लागि आवेदन गर्न सकिनेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।