कालिञ्चोक दर्शनसहित ३ ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा दिए निवेदन

वैशाख ४, काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तीन ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् ।  कालिञ्चोक र्दशन लिमिटेड, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड र सिटी होटल लिमिटेडले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।  कालिञ्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न चैत १५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।  त्यसैगरी, हाथवे इन्भेष्टमेण्ट नेपालले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत २५ गते निवेदन दिएको हो । त्यसैगरी, सिटी होटल लिमिटेडले १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत ३० गते सेबोनमा निवेदन दिएको हो ।  यी दुवै कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यी दुवै कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । आईपीओ निष्कासनको अनुमति पाएपछि मात्र निष्कासन गर्नेछन् ।  

सम्बन्धित सामग्री

कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि

कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । आगामी माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर […]

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता  एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड को १८ प्रतिशतले हुने १० करोड ८० […]

कालिञ्चोक दर्शन कम्पनीले ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

२ प्रतिशतले हुन आउने २१ हजार ६ सय कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

दोलखाबासीलाई कालिञ्चोक दर्शनको आईपीओ खुल्यो

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा कुल जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत हुन आउने १२ […] The post दोलखाबासीलाई कालिञ्चोक दर्शनको आईपीओ खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....