काठमाडौँ – सर्वोच्च अदालतको प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको रिट निवेदन दर्ता गर्न आनाकानी गरेको छ। प्रधानन्यायाधीश राणाले पदीय गरिमा अनुकुलको काम नगरेकाले उनीमाथि छानबिनको माग गर्दै पेश भएको रिट निवेदन दर्ता गर्न प्रशासनले अलमल गरेको हो। अघिल्लो हप्ता नै अधिवक्ता माधवकुमार बस्नेतले राणाको काम कारबाहीको विषयलाई उठाउँदै अन्तरिम आदेशको माग गर्दै निवेदन दिएका थिए। […]