अभिनेता अक्षय कुमार फिल्म ‘पृथ्वीराज’ को कारण चर्चा छन् । समाचार बाहिर आएको छ फिल्मका लागि अक्षय कुमारले संजय दत्तको भन्दा १२ गुना बढी पारिश्रमिक लिएका छन् । फिल्ममा अक्षय कुमार, संजय दत्तको अलवा मिस वल्ड मानुषी छिल्लर र सोनु सुदको समेत मुख्य भूमिका छ । फिल्म ३ जुनमा रिलिज हुँदैछ । समाचारका अनुसार ३०० करोडको बजेटमा बनेको यो फिल्मका लागि अक्षय कुमारले ६० करोड पारिश्रमिक लिएका छन् । संजय दत्तलाई फिल्मका लागि ५ करोड, अभिनेत्री मानुषीलाई एक करोड र अभिनेता सोनु सुदले ३ करोड लिएका छन्