नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि अभिनेता अक्षय कुमार दुई अभिनेत्रीसँग मुम्बईबाट अयोध्या पुगेका छन् ।
उनको चार्टर्ड प्लेन (पुष्पक विमान) मुम्बईबाट उड्दा मानिसहरूले जय श्रीरामको नारा लगाए ।
फिल्मको निर्माण लन्डनमा बस्ने व्यापारी अलीराजा सुभासकरण र प्राइम भिडियो मिलेर गरिरहेका छन् ।
अयोध्यामा अक्षय कुमार, ज्याकलिन फर्नान्डेज र नुसरत भरुचाले श्रीराम जन्मभूमि परिसरमा रालललाका अगाडि मुहूर्त पूजा गर्नेछन् । त्यसपछि फिल्मको मुहूर्त शट शूट गरिनेछ ।
फिल्मका निर्देशक अभिषेक शर्माले यसको रिसर्च र लेखनमा पूरा...