भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भइ आजीवन कारावासको सजाय भोगिरहेका छ जनालाई रिहा गर्न त्यहाँकाे सर्वोच्च अदालतले आदेश दिएको छ । नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित छ जनालाई रिहा गर्न सर्वोच्चले आज शुक्रवार आदेश दिएको हो ।
अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ । नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन्, उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोस्ट ग्रेजुएट डिप्लोमा छ । रविचन्द्रनको प...