एनआरएनएको दशौँ महाधिवेशन काठमाडौँमा सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा.उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्।  दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा‍‍. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आ

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : सुरु भयो आजको बन्दसत्र

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ ।कमलादीस्थित प्रज्ञा भवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक परिवर्तनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो योगदान गरेको बताए । दाहालकै अगुवाइमा संविधानसभाको चुनाव भएको र […]

माओवादी महाधिवेशन : बन्द सत्र सुरु

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हाे।  बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशन अघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियाे । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ । प्रचण्डको राजनीतिक प्रतिवेदन...

कांग्रेस महाधिवेशन आजबाट सुरु

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् । कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेस नेता मीन […]

भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सुरु भएको छ। राप्रपाको महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा काठमाडौँमा सुरु भई शुक्रबार सकिने कार्यतालिका छ। महाधिवेशनमा देश तथा विदेश गरी करिब ४ हजार ५ सय ६० जना प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।

राप्रपाको एकता महाधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, […]

एमाले विधान महाधिवेशन सुरु (फोटो फिचरसहित)

काठमाडौँ – एमाले विधान महाधिवेशन सुरु भएको छ। तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको हो। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, […]

एमालेको विधान महाधिवेशन सुरु

काठमाण्डौ – नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।  ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा आयोजित विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलकाे बटम थिचेर लोगो अनावरण गरी उद्घाटन गर्नु भएको हो । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो। ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ । भेला...

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई