नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ ।कमलादीस्थित प्रज्ञा भवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक परिवर्तनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो योगदान गरेको बताए । दाहालकै अगुवाइमा संविधानसभाको चुनाव भएको र […]